काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – बलत्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक एञ्जिला सापकोटालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा यही साउन ११ गते भएको बलात्कारको घटना सम्बन्धमा आरएम खबर डटकममार्फत सापकोटाले ‘यिनै हुन १४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने प्रहरी, सक्दो शेयर गर्नु होला’ भन्ने शीर्षकको भ्रामक सामग्रीसहित प्रहरीको पोशाक लगाएको व्यक्तिको फोटो र मृतकको फोटोसमेत पोष्ट गरी सामाजिक सञ्जालमार्फत शेयर गरेपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको र घटनाम संलग्न व्यक्ति अहिलेसम्म खुल्न नआएको अवस्थामा सामाजिक सञ्जालमार्फत संवैधानिक मौलिक हकको समेत प्रतिकूल हुने बलत्कार जस्तो संवेदनशील घटनबारे अफवाह फैल्याइएकाले सापकोटालाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाएको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो । उक्त अनलाइन प्रेस काउन्सिलमा दर्तासमेत नभएको सिआइबीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।