बाँके नरैनापुरका १२ जना काेराेना सङ्क्रमित डिस्चार्ज

 जेठ २३, २०७७ शुक्रबार १९:५५:३४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेकाे नरैनापुर गाउँपालिकाका १२ जना कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ शुक्रबार घर फिर्ता भएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेशमान श्रेष्ठका अनुसार लायन्स डेन्टल अस्पताल नेपालगञ्जमा रहेका नरैनापुरका २३ जनामध्ये १२ जना कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज भएका हुन् । 

बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ५५ छ, जसमा एक जनाकाे सङ्क्रमणबाट मृत्यु भएकाे छ । जसमध्ये ४१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । 

अन्तिम अपडेट: चैत ९, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया