इमरान खानको सपथग्रहणमा आमिर खान, सुनिल गावस्कर, कपिल देव र सिद्धुलाई निम्तो

 साउन १६, २०७५ बुधबार २२:३१:४ | एजेन्सी
unn.prixa.net

अगस्ट ११ मा हुने प्रधानमन्त्री पदको सपथग्रहणमा पूर्व क्रिकेटर तथा पाकिस्तान-तहरिक-ए-इन्साफ(पीटीआई) का नेता इमरान खानले बलिउड स्टार आमिर खान, पूर्व भारतीय क्रिकेट कप्तान सुनिल गावस्कर, कपिल देव तथा नवोजित सिंह सिद्धुलाई निम्ता पठाएका छन् । 

जुलाई २५ मा भएको पाकिस्तानी संसदीय चुनावमा पीटीआई ११६ सिटका साथ सबैभन्दा ठूलो दल बनेको छ । उसले केही स्वतन्त्र सांसद र साना दललाई मिलाएर सरकार बनाउने तयारी गरेको छ ।

सपथग्रहणका लागि इमरानले निम्तो पठाएपछि पूर्व क्रिकेटर तथा पञ्जाबका मन्त्रीसमेत रहेका सिद्धुले भने, ‘यो निकै ठूलो सम्मानको कुरा हो, मैले निमन्त्रणा स्वीकार गरेको छु ।’

मंगलबार मात्रै पीटीआई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सार्क देशका सरकार प्रमुखलाई निमन्त्रणा गर्ने तयारी गरेको खबर पाकिस्तानी सञ्चारमाध्यमले जनाएका थिए । पीटीआईका प्रवक्ताले यसबारेमा निर्णय भैनसकेको स्पष्ट पारेका छन् । 

पीटीआईका प्रवक्ता फवाद हुसेनले यसबारेमा आफूहरुले विदेश मन्त्रालयसँग सुझाव मागेको मात्रै बताए । विदेश मन्त्रालयको सुझाव आएपछि मात्रै बोलाउने नबोलाउने बारे निर्णय हुने हुसेनले ट्वीटमार्फत जनाएका छन् । 

 
 

अन्तिम अपडेट: चैत २३, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

5 Comments

  • भिम प्रकाश मल्ल

    Aug. 2, 2018, 6:24 p.m.

    जुन सुनै रास्ट्र प्रमुख ले सफथ ग्रहन को बेला छिमेकी रास्ट्र का प्रमुख लाइ निमन्त्रणा दिनु सारै राम्रो काम त्यसमा पनि भारत र पाकिस्तान बिचको तिक्तता लाई इमरान खान को रास्ट्र प्रमुख भयेदेखि नै केही समरात्मक संन्देश जाने छ। बधाई छ एक सफल कृकेट्र लाई रास्ट्र प्रमुख भयेको मा🌹🌹🌹

  •  0 Reply
  • Ram thapamagar

    Aug. 2, 2018, 10:14 a.m.

    Good

  •  0 Reply
  • Ram thapamagar

    Aug. 2, 2018, 10:14 a.m.

    Good

  •  0 Reply
  • राम

    Aug. 2, 2018, 7:43 a.m.

    दलहरूका गलत र जनबिरोधी गतिविधिबाट यसरी सर्वसाधारण मतदाता वाक्क भएर विकल्प नखोजुन् भन्नेतर्फ समयमै सचेत हुनु जरूरी छ , राजनीति गरेको भन्नहरूले ।

  •  0 Reply
  • Aasis kant

    Aug. 1, 2018, 10:54 p.m.

    इमरान खानले गरेको आमन्त्रण कार्य अति नै सराहनीय देखिन्छ। साथै भारत र पाकिस्तान बिचको सु सम्बन्ध कायम गर्न सफल सरकार हुने मा आशाको दियो जस्तो देखिन्छ। यस कार्य तथा इमरान को सरकारको सफलताको लागि शुभकामना

  •  0 Reply

तपाईको प्रतिक्रिया