स्याङ्जा : गल्याङ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख मृत फेला

 जेठ २६, २०७७ सोमबार ६:३९:४२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - गल्याङ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख झुण्डिएको अवस्थामा फेला परेका छन् ।

आइतबार बिहानबाट सम्पर्कविहीन रहेका स्वास्थ्यशाखा प्रमुख लिलाबल्लभ भण्डारीलाई साँझ घर नजिकै झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । 

मृतक गल्याङ नगरपालिका वडा नम्बर-२, बटुवाका भण्डारीको शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको छ । 

प्रारम्भिक अनुसन्धानबाट झुण्डिएर आत्महत्या गरेको पाइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरन्जन घिमिरेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया