चीनका ५ सहरमा हिमालय एअरलाइन्सका १४ वटा  कार्गो उडान : साढे ८८ टन औषधि र उपकरण आयात

 जेठ २६, २०७७ सोमबार १४:१९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - हिमालय एअरलाइन्सले लकडाउनको अवधिमा १४ वटा अन्तर्राष्ट्रिय कार्गो उडान गरेको छ ।

हिमालय एअरलाइन्सले १४ कार्गो उडानबाट ८८ दशमलव ५ टन मेडिकल सामग्री नेपाल ल्याएको जनाएको छ । एअरलाइन्सले १४ मध्ये सबै उडान चीनमा गरेको हो । उसले चीनका ५ वटा सहर, ग्वान्झाउ, चाङ्सा, चोङकिङ, कुनमिङ र बेइजिङमा उडान भरेको हो । 

लकडाउनको अवधिमा अप्रिल २६ सम्म एउटा पनि कार्गो उडान नगरेको हिमालय एअरलाइन्सले त्यसपछि भने १४ वटा उडान गर्यो । २६ तारिखमा ग्वान्झाउको लागि पहिलो कार्गो उडान गरेको हिमालय एअरलाइन्सले, अप्रिल ३०, मे २, मे ५, मे १५, मे १७, मे २२, जुन २ र जुन ५ तारिखमा चाङमा उडान भरेको थियो ।

 यस्तै मे ८ र ९ तारिखमा चोङकिङ,  मे १० र २४ तारिखमा कुनमिङ तथा मे २८ तारिखमा बेइजिङ उडान भरेको छ । सबैजसो कार्गो उडानमा मेडिकल सामग्री आएको एअरलाइन्सले जनाएको छ । नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्ससँग अहिले चार वटा जहाज छन् ।

मे ३१, २०१६ मा कतारको दोहाको लागि  पहिलो उडान  भरेको हिमालय एअरलाइन्सले अहिले  आबुधावी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ्ग, गुइयाडंङ, चाडंशा, शेन्जेङ्ग र छोड्ंछिडंमा उडान भर्दै आएको छ । 

साउदी अरेबिया र नेपाल जोड्ने हिमालय एयरलाइन्स एक मात्र नेपाली एअरलाइन्स हो  । नेपाल एअरलाइन्सले चीनमा नियमित यात्रु उडान गर्न नसकेको अहिलेको अवस्थामा चीनमा उडान भर्नेपनि हिमालय एअरलाइन्स एक मात्र नेपाली एअरलाइन्स हो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया