बाँकेमा थप २० जना कोरोना सङ्क्रमित उपचारपछि डिस्चार्ज

 जेठ २६, २०७७ सोमबार १४:२८:२७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - बाँकेमा थप २० जना कोरोना सङ्क्रमित उपचारपछि सोमबार घर फर्किएका छन । 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेकाअनुसार कृषि तालिम केन्द्र, खजुराको आइसोलेसनबाट सोमबार नरैनापुर १ का १ जना, वडा नं ४ का ३ जना , वडा नं ३ का १६ जना  गरी २० जना पुरुषहरु उपचारपछि निको भई डिस्चार्ज भएका हुन्।

 कोहलपुर पिपिरीको कृषि विकास बैंकको आइसोलेसनमा बसिरहेकामध्ये केहीलाई पनि आजै डिस्चार्ज गरिने भएको छ । बाँकेमा एकजना मृतकसहित २ सय ७१ जनामा सङ्क्रमण देखिएकोमा अहिलेसम्म ६९ जना उपचारपछि सञ्चो भई डिस्चार्ज भएका छन् ।

 यसैबीच कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट आइतबार डिस्चार्ज गरिएका बाँके नरैनापुरका तीनजनालाई सोमबार नेपालगञ्जको लायन्स डेन्टल अस्पतालको आइसोलेसनमा राखिएको छ । 

कोरोना परीक्षणमा पोजिटिभ आएपनि अस्पतालबाट डिस्चार्ज गरिएका उनीहरु गाउँमा पुगेपछि स्थानीयले विरोध जनाएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको निर्देशनपछि तीनजनालाई पुनः आइसालेसनमा राखिएको हो । 

अन्तिम अपडेट: चैत २८, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया