बाजुराको क्वरेण्टीनमा ज्यान गुमाएका वृद्धको कोरोना रिपोर्ट नेगेटिभ

 जेठ २६, २०७७ सोमबार १८:१५:५५ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर -७ को क्वरेण्टीनमा ज्यान गुमाएका ६५ वर्षीय वृद्धको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । जेठ १५ गते भारतबाट आएर क्वरेण्टीनमा बसेका वृद्धको शनिबार बिहान ज्यान गएको हो ।  

मृतकसँगै रहेका २ जनाको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनुभयो । मृतकको स्वाब सङ्कलन गरेर कोरोना परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो । शुक्रबार साँझदेखि खाना नखाएका र राति एकाएक बिरामी भएका उनको शनिबार ज्यान गएको वडा न ७ का अध्यक्ष खगेन्द्र रावतले बताउनुभयो । 

गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वरेण्टीनमा बसेका मृतक २५ वर्षदेखि भारतमा बस्दै आएका वडा अध्यक्ष रावतले जानकारी दिनुभयो ।

‘उनी पहिलेदेखि दमका बिरामी थिए । क्वरेण्टीनमा रहँदा उनलाई एकाएक श्वास फेर्न गाह्रो भएको थियो । तर, उनको उपचार गर्ने कोही भएन । उपचारबिना उनले क्वरेण्टीनमै ज्यान गुमाउनु परेको छ,’ क्वरेण्टीनमा बसेको एक जनाले भने । 

मृतकको शव शनिबार नै व्यवस्थापन गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया