गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित १४४ पुगे

 जेठ २७, २०७७ मंगलबार ७:१४:४४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - गण्डकी प्रदेशमा २४ जना कोरोना सङ्क्रमित थपिएका छन्  ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिस्थानमा गरिएको परीक्षणमा नयाँ २४ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ थपएिकामा बाग्लुङको बरेङ गाँउपालिकाका २४,२२,१८,२४,१८,४९,२३ र २७ वर्षका गरी ८ जना पुरुष र निसीखोला गाँउपालिकाका २१,२६ र २७ वर्षका ३ जना पुरुष रहेका छन् ।

यसैगरी नवलपरासी, सुस्तापूर्वको बौदीकाली गाँउपालिकाका ४०,१९,३०,१८,२२,२१,१९,२२,४०,२०,१८ र ३० वर्षका पुरुष रहेका छन् । यस्तै म्याग्दीको बेनी नगरपालिकाका ४६ वर्षका एक पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

योसहित गण्डकीमा कोरोना सङ्क्रमितको संख्या १४४ पुगेको छ । ३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ । आइतबार राति स्याङजाको वालिङ ३ का ५८ वर्षका पुरुषको पोखराको आइसोलेसनमा ज्यान गएको थियो । उनको सोमबार नै पोखरामा अन्तिम संस्कार भइसकेको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया