सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
जुम्ला – जुम्लामा कोरोना सङ्क्रमित १८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा रहेका १८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन् ।
प्रतिष्ठानबाट कोरोनालाई जितेर घर फर्किने क्रममा उनीहरुले खुसी व्यक्त गरेका छन् । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्ले, प्रहरी नायब उपरीक्षक लालबहादुर धामीलगायतले माला लगाइदिएर बिदाइ गरेका हुन् ।
उनीहरुलाई घर फर्किएपछि घरमा अपनाउनुपर्ने सावाधानीको बारेमा पनि बताइएको प्रतिष्ठानका विशेषज्ञ डाक्टर धिरज गुरुङले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले घर फर्किएका सबैलाई बधाइ दिनुभयो । प्रतिष्ठानका अन्य सङ्क्रमितलाई पुनः पीसीआर परीक्षणको आधारमा घर पठाइने कर्णाली प्रतिष्ठानले जनाएको छ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।