तत्काल अस्ट्रेलिया पढ्न जाने निर्णय गर्नुअघि सचेत हुन चीनको आग्रह

 जेठ २८, २०७७ बुधबार ८:४०:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले आफ्ना नागरिकलाई तत्काल अध्ययनकाे लागि अस्ट्रेलिया जाने निर्णय गर्नुअघि सतर्क हुन आह्वान गरेको छ । चीनको शिक्षा मन्त्रालयले अस्ट्रेलियाका विश्वविद्यालयहरू जुलाईमा फेरि खोल्नुअघि त्यहाँ भएको जोखिमलाई ध्यान दिन चेतावनी दिएको छ ।

चीनको शिक्षा मन्त्रालयले कोरोनाको खतरा र अस्ट्रेलियामा एसियालीविरुद्ध देखिएको भेदभावलाई सम्भावित जोखिमको रूपमा देखाउँदै तत्कालै पढ्नको लागि नजान भनेको हो ।

अहिले पनि कोरोनाको प्रभावलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकिएकोले अन्तर्राष्ट्रिय भ्रमण र खुला क्याम्पसहरूमा जोखिम रहेको भन्दै अब त्यहाँ पढ्न जाने वा नजानेबारे गम्भीर छलफल गर्नुपर्ने मन्त्रालयले बताएको छ ।

अस्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि लोकप्रिय गन्तव्य हो । अहिले चीन र अस्ट्रेलिबीच राजनीतिक सङ्घर्ष पनि बढिरहेको छ । अस्ट्रेलियाले कोरोना भाइरसको उत्पत्तिकाे बारेमा स्वतन्त्र अनुसन्धानको लागि आह्वान गरेदेखि चीन र अस्ट्रेलियाबीचकाे सम्बन्ध तनावपूर्ण भएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया