हार्भर्ड विश्वविद्यालयकाे दाबी हास्यास्पद : चीन

 जेठ २८, २०७७ बुधबार १०:०:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले हार्भर्ड विश्वविद्यालयकाे एक साेधलाई खारेज गरिदिएकाे छ, जसमा चीनमा काेराेना सङ्क्रमण गएकाे वर्षकाे अगस्ट महिनामा नै सुरु भएकाे प्रमाण भएकाे बताइएकाे थियाे । 

हार्भर्ड मेडिकल स्कुलले अस्पतालमा आएका बिरामीकाे सङ्ख्या र सर्च इन्जिन डाटाकाे अनुसार नयाँ काेराेना भाइरस चीनमा गएकाे वर्षकाे अगस्टदेखि नै फैलिएकाे दाबी गरेकाे थियाे । 

समाचार एजेन्सी राेयटर्सका अनुसार चीनले याे साेधलाई हास्यास्पद बताएकाे छ । वैज्ञानिकहरुका अनुसार याे शाेधले सङ्क्रमण कहिले सुरु भएकाे भन्नेबारेमा ठाेस प्रमाण दिएकाे छैन । 

याे शाेधमा चीनकाे वुहान शहरकाे अस्पतालकाे पार्किङमा रहेका गाडीकाे सङ्ख्या गन्नकाे लागि स्याटलाइट तस्बिरमाे प्रयाेग गरिएकाे थियाे । काेराेना भाइरस गएकाे वर्षकाे डिसेम्बरमा सबैभन्दा पहिलाे वुहान शहरमा भेटिएकाे थियाे । 

यद्यपि हार्भर्ड मेडिकल स्कुलकाे याे शाेधकाे अन्य वैज्ञानिकहरुले समीक्षा गरेका छैनन् । शाेधमा सर्च इन्जिनमा लक्षणसँग जाेडिएका जस्तै: 'खाेकी' र 'झाडापखाला' काे डाटाकाे पनि अध्ययन गरिएकाे थियाे । 

शाेधकर्ताहरुले वुहान अस्पतालमा आउनेकाे सङ्ख्या र सर्च इन्जिन डाटामा वृद्धि डिसेम्बर २०१९ भन्दा पहिलेदेखि नै भएकाे बताएका छन् । 

शाेधकर्ताहरुले अस्पताल आउनेकाे सङ्ख्यामा वृद्धि र सर्च इन्जिनमा धेरै खाेजिनुकाे पछाडि काेराेना भाइरससँग जाेडिएकाे भन्ने कुराकाे पुष्टि गर्न नसकिने बताएका छन् । तर आफ्नाे प्रमाणले वुहानकाे सिफुड बजारमा सङ्क्रमण सार्वजनिक हुनुअघि नै काेराेना सङ्क्रमण भइसकेकाे थियाे भन्ने शाेधकाे समर्थन गर्ने शाेधकर्ताहरुले बताएका छन् । 

युनिभर्सिटी अफ् एडिनबरामा भायरलाेजीका विशेषज्ञ डाक्टर पल डिगार्डले स्याटलाइट तस्बिरबाट अस्पतालमा आउनेकाे सङ्ख्या र सर्च इन्जिन डाटाकाे प्रयाेग गर्नु एक राेचक जुक्ति र केही हदसम्म स्वीकार्य भएकाे बताए । 

बेलायतकाे नटिङ्घम विश्वविद्यालयका प्राेफेसर किथ निल भन्छन्, 'याे एक राेचक काम हाे तर यसले हामीलाई अघि बढाउँछ जस्ताे मलाई लाग्दैन ।'  

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया