कोरोना सङ्क्रमितको स्वास्थ्यमा समस्या, थप उपचारको लागि पाटन अस्पताल पठाइयो

 जेठ २९, २०७७ बिहिबार १६:१५:१ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - कोरोना सङ्क्रमण पुष्टि भएर जिल्ला अस्पताल रामेछापको आइसोलेशन वार्डमा उपचार गराइरहनु भएका एक जना सङ्क्रमितलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल ललितपुर रिफर गरिएको छ ।

कोरोना सङ्क्रमितलाई उच्च ज्वरो आएको र अहिलेसम्म पनि ज्वरो नियन्त्रणमा नआएपछि जिल्ला अस्पताल रामेछापबाट पाटन अस्पताल रिफर गरिएको हो । 

केही दिनअघि भारतबाट रामेछाप आउनुभएका लिखु तामाकोशी गाउँपालिका ७ का २६ वर्षीय पुरुषको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि पाटन अस्पताल पठाइएको जिल्ला अस्पताल रामेछापका प्रमुख डा. आनन्दप्रसाद आचार्यले जानकारी दिनुभयो । 

रामेछापको गोकुलगङ्गा गाउँपालिकाका ११ जना र लिखु तामाकोशी गाउँपालिकाका ६ जना गरी १७ जिल्ला अस्पतालको आइसोलेशन वार्डमा उपचाररत छन् ।

अहिले आइसोलेशन वार्डमा रहेका १६ जनाकै अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनीहरु सबै भारतबाट आएका हुन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया