काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
इन्डोनेसियामा हुने १७ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली जुडो टिम थाइल्याण्ड प्रस्थान गरेको छ ।
नेपाली टिमले थाइल्याण्डको बैंककमा शनिबार र आइतबार संचालन हुने थाइल्याण्ड अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
नेपाल जुडो संघले यस प्रतियोगितालाई एसियाली खेलकुदको तयारीका रुपमा लिएको छ ।
थाइल्याण्डबाट नेपाली खेलाडी बैदेशिक प्रशिक्षणका लागि हंगेरी जाने नेपाल जुडो संघले जनाएको छ । हंगेरीमा केही दिन प्रशिक्षण गरेर उनीहरुले बुडापेस्ट ग्राँपी जुडो प्रतियोगितामा समेत सहभागिता जनाउनेछन् । त्यताबाट सोझै नेपाली टिम इन्डोनेसिया जानेछ ।
१४ सदस्यिय नेपाली टिमलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य लगायतले विदाई तथा शुभकामना व्यक्त गरेका छन् ।
नेपाली टिममा ६ पुरुष तथा चार महिला खेलाडी छन् । टिमका साथमा तीन जना प्रशिक्षक र एक जना ब्यवस्थापक रहेका छन् । पुरुष ६६ केजीमा इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमा सञ्जित डंगोल, ९० केजीमा श्रीराम माकाजु, १०० केजीमा रविन श्रेष्ठ, ६० केजीमा उमेश मगर र ८१ केजीमा संजय महर्जन छन् । यस्तै महिला तर्फ ५२ केजीमा देविका खड्का, ५७ केजीमा मनिता श्रेष्ठ प्रधान, ७८ केजीमा पुनम श्रेष्ठ र ४८ केजीमा सुमित्रा राई छन् ।
रोमानियाली प्रशिक्षक डान टेलेर्काको नेतृत्वमा रहेको नेपाली प्रशिक्षण टोलीको सहभायक प्रशिक्षकमा चन्द्र कुमार डंगोल र देवु थापा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।