पेस्तोल ताक्दैमा डराउनेवाला छैन : सांसद निरु पाल

 साउन १७, २०७५ बिहीबार १३:५१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सांसद निरुदेवी पालले साउन १५ गते साँझ दूध किनेर फर्कँदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सबैलाई सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गर्नुभयो । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद पालले आफूमाथि भएको घटनाले सदनलाई जानकारी गराउँदै त्यसको समग्र मुुलुकभरको सुरक्षा चुनौतीलाई देखाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पेस्तोल देखाउदैमा आफू नडराउने भन्दै उहाँले भन्नुभयो, ‘निरु पाललाई घाँटीमा पेस्तोल राखेर यो सरकार डगमगाउँछ कि भन्ने कसैले  सपना देखेको हो भने त्यो दिवा सपना मात्रै हुनेछ । निरुपाल धम्कीले डराउने वाला छैन  । म त २०१४ मै मरिसकेको मान्छे । हालका प्रधानमन्त्री र राष्ट्रपति हुनु हँुदैनथ्यो भने म त्यत्तिबेलै मरिसकेको मान्छे । मेरो त यो नाफाको जिन्दगी हो । मेरो अन्तिम सास रहनेबेला सम्म म लडिरहनेछु । म पेस्तोल देखाउँदैमा डराउने मान्छे म होइन ।’

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया