खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
रुपन्देही - बुटवलमा रहेकाे कोरोना विशेष अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा यही जेठ १४ गते जटिल अवस्थामा भर्ना भएका एक कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्थानीय धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा भर्ना भएका कपिलवस्तु नगरपालिका–१२, बिठुवाका २२ वर्षे युवकलाई शुक्रबार डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो ।
भारतको मुम्बईमा विगत पाँच वर्षदेखि पेन्टरको काम गर्दै आएका युवक जेठको पहिलोसाता स्वदेश फर्किएका थियो । लामो समयदेखि मधुमेहको बिरामी ती युवककाे घर आएको केही दिनमै स्वास्थ्यमा समस्या देखिएपछि जिल्लास्थित तौलिहवा अस्पतालमा स्वास्थ्य जाचका लागि यही जेठ ७ गते पुगकामा अर्को दिन कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।
जेठ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीय क्वरेन्टीनमै राख्दा स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याइएको हो ।
“अस्पतालमा ल्याउँदा त सुगरको मात्रा उच्च रहेको र अवस्था सारै जटिल थियो, हाम्रो स्वास्थ्यकर्मीको टिमले ठूलै प्रयास गरेर भेन्टिलेटरमा राखेर बचाउन सफल भयौँ”, डा खनालले भन्नुभयो, “कोरोना सङ्क्रमितको यति जटिल अवस्थाको बिरामी निको भएको सायदै नेपालमा पहिलो हो ।”
कोरोना विशेष अस्पतालका फोकल पर्सन वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले युवकमा मधुमेहको मात्रा उच्च रहेको अवस्थामा कोरोना पोजेटिभ हुँदा श्वासप्रश्वासमै जटिल समस्या देखिएपछि दुई दिनसम्म भेन्टिलेटरमै राखेर उपचार गर्नुपरेको बताउनुभयो । स्वास्थ्यमा केही सुधार आएपछि मात्र आइसियूमा सारिएको थियो ।
अस्पतालमा १६ दिनसम्मको उपचारमा सुगरको मात्रा स्थिर भएपछि लगातार दुई पटकको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ आएपछि डिस्चार्ज गरिएको मेसु खनालले बताउनुभयो ।
अस्पतालबाट निको भएर बिदाइ हुँदा ती युवकले आफूले नयाँ जीवन पाएको भन्दै स्वास्थ्यकर्मीलाई आभार व्यक्त गर्नुभयो । उहाँलाई अस्पतालका मेसु खनाल, फोकल पर्सन डा थापालगायत उपचारमा संलग्न स्वास्थ्यकर्मीले फूलका गुच्छा र खादा लगाएर बिदाइ गर्नुभएको थियो ।
त्यस अवसरमा स्वास्थ्यकर्मीले अझै पनि स्वास्थ्य अवस्थामा ख्याल राख्न सुझाव दिनुभयो । कोरोना नेगेटिभ भएपछि मधुमेहका बिरामीलाई अरुबाट पुनः सङ्क्रमणको खतरा हुनसक्ने भएकाले स्वास्थ्यमा ध्यान दिन सुझाव दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।