बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - लकडाउनको अवधिमा ५ लाख मेट्रिक टनभन्दा धेरै खाद्य वस्तु आयात भएको छ ।
चैत ११ गतेदेखि जेठको ३० गतेसम्म ५ लाख १३ हजार ४ सय ५१ मेट्रिक टन खाद्यवस्तु आयात भएको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ ।
लकडाउनको ८० दिनमा खाद्यान्न मात्रै २ लाख ९२ हजार ६ सय ६१ मेट्रिक टन भित्रिएको छ । यस्तै दलहन ७४ हजार २ सय २८ मेट्रिक टन, ९६ हजार २६ मेट्रिक टन तरकारी, ३८ हजार २ सय ३९ मेट्रिक टन फलफुल र दुग्धजन्य पदार्थ १२ हजार २ सय ९७ मेट्रिक टन आयात भएको छ ।
आयातित वस्तुको मूल्य ५ अर्ब रुपैयाँभन्दा धेरै रहेको भन्सार विभागले जनाएको छ ।
लकडाउन सुरु भएपछि आयात क्रमश: बढिरहेको छ । पहिलो हप्तादेखि १० हप्तासम्मको आयात हेर्दा खाद्यान्नमा ६ दशमलव ९ प्रतिशत, दाल तथा गेडागुडीमा १४ दशमलव ४ प्रतिशत, तरकारी ४ प्रतिशत र फलफुलमा ३८ दशमलव १ प्रतिशतले आयात बृद्धि भएको छ ।
देशमा रहेको खाद्यान्न स्टकको अवस्था
सरकारले लकडाउन सुरु भएदेखि नै पटक पटक खाद्यान्न अभाव नहुने र पर्याप्त स्टक रहेको जानकारी दिँदै आएको छ ।
हालसम्म सरकार र नीजि क्षेत्रसँग गरेर १ लाख ३८ हजार ३ सय ४ मेट्रिक टन धान चामल स्टक रहेकोछ । १ लाख २१ हजार मेट्रिक टन नुन स्टकमा रहेको छ । चीनी ३८ हजार ५ सय ७४ मेट्रिक टन, फापर ६५, गहुँ ५ सय ५९, दाल तथा गेडागुडी १६ हजार १ सय ४४ मेट्रिक टन स्टकमा रहेको छ ।
यस्तै खानेतेल ८३ हजार ९ सय ६७ मेट्रिक टन र राहतको लागि खाद्यान्न ८ हजार ७ सय ७९ मेट्रिक टन बाँकी रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।