प्लेन चल्ने खुसीभन्दा टिकट दरले होश गाछ

 जेठ ३१, २०७७ शनिबार १६:०:४१ | शान्ति सिंह

अस्ति बित्यो, हिजो बित्यो, आज पनि बितिराछ

घर फर्कने दिनको पर्खाइमा परदेशी मन जागिराछ ।

बाटो हेर्दै लोलाएका कयौं मनको पर्खाइ त्यो

भर्खरैको सूचनाले भूकम्पझैं हलचल ल्याएको छ ।।

 

कयौं दिन भोकै बिते कोरोनाको कहरसँगै

हार नमानी लडिरहे गोर्खाली वीर हुँ भन्दै ।

भाको झिनो आशा पनि भित्रभित्रै टुटिराछ

प्लेन चल्ने खुसीभन्दा टिकट दरले होस गाछ ।।

 

लाग्थ्यो स्वदेश फिर्न पाए सबै जना दङ्ग पर्थे

आफ्नै घरको आँगनीमा असारको रोपाई गर्थे ।

यस्तै दिनको कल्पनामा परदेशी मन कुरिराछ

प्लेन चल्ने खुसीभन्दा टिकट दरले होस गाछ ।।

साँच्चै तर आज,

प्लेन चल्ने खुसीभन्दा सरकारले तोकेको टिकट दरले होश उडाएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

शान्ति सिंह

सिंह प्रवासी नेपाली समन्वय समितिमा कार्यक्रम अधिकृत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया