स्याङ्जामा जीप दुर्घटना : १ को ज्यान गयो, ६ जना घाइते

 जेठ ३१, २०७७ शनिबार १६:१५:४२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन् । बयरघारी बजारबाट स्वरेकको लागि छुटेको ग २ च २३७३ नम्बरको महिन्द्रा जीप भीरकोट ५ को नेटामा दुर्घटना भएको हो । 

दुर्घटनामा १६ वर्षीया दुर्गा अर्यालको ज्यान गएको छ । अर्यालको उपचारको क्रममा कालिका अस्पताल हेलुमा निधन भएको हो । दुर्घटनामा घाइते भएका अन्य ६ जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कणेलले जानकारी दिनुभयो । घाइते हुनेमा शान्ति अर्याल, गीता अर्याल, पार्वती अर्याल, शोभा अर्याल, हिमकुमारी अर्याल र सुषमा अर्याल रहेका छन् । 

राम्दी पुगेर पूजाको फूलपाती सेलाएर आएको जीप सडकबाट १५/२० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप चालक प्रहरी नियन्त्रणमा छन् भने मृतक र घाइते सबै नातेदार रहेको बताइएको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया