बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

 जेठ ३२, २०७७ आइतबार १५:४:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले बान्द्रामा रहेकाे आफ्नै घरमा आत्महत्या गरेका छन् । 

उनले आत्महत्या गर्नुकाे कारण खुलिसकेकाे छैन । बीबीसीका अनुसार सुशान्त सिंह राजपूतका कामदारले बान्द्रा प्रहरी स्टेशनलाई याे कुराकाे जानकारी दिएका हुन् ।

टीभीबाट आफ्नाे करियर सुरु गरेका सुशान्तले पछिल्लाे केही वर्षमा ठूलाे पर्दामा काम गरेका थिए । 

डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनी : द अनटोल्ड स्टोरी, काई पो चे र छिछोरे जस्ता केही फिल्ममा उनले लिड भूमिका निर्वाह गरेका थिए । 

सुशान्त सिंह राजपूतले किस देश में है मेरा दिल टीभी सीरियलबाट आफ्नो करियर सुरु गरेका थिए । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया