गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित २०५ पुगे

 असार १, २०७७ सोमबार ८:१४:१८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - गण्डकी प्रदेशमा ६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

गण्डकी प्रदेशका थप ६ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

तनहुँको घिरिङ गाँउपालिकाका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरुलाई तनहुँकै जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राख्ने तयारी भएको छ ।

त्यस्तै नवलपरासी सुस्ता पूर्वको बौदिकाली गाँउपालिकाका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ५ पुगेको छ । सङ्क्रमितमध्ये २० जना निको भएर घर फर्किएका छन्  भने एक जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया