अब एनसेलका डेटा र भ्वाइस प्याकहरू विभिन्न माेबाइल वालेट तथा खुद्रा विक्रेताबाट पनि लिन सकिने

 असार २, २०७७ मंगलबार ७:३५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनसेलका ग्राहकहरूले अब अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन् । 

यसका लागि एनसेलले विभिन्न तीन मोबाइल वालेटहरूसँग साझेदारी गरेको छ भने आफ्ना खुद्रा विक्रेताहरूलाई पनि प्याकहरू बिक्री गर्न सक्ने सुविधा प्रदान गरेको छ ।

यसका लागि एनसेलले सहकार्य गरेका मोबाइल वालेटहरुमा खल्ती, प्रभु–पे र युनी–पे रहेकाले अब यी वालेटका प्रयोगकर्ताले आवश्यकता अनुसार सजिलै एनसेलका विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्न सक्छन् । 

सुरुवाती चरणमा ग्राहकले यी वालेटमार्फत वालेटसँग जोडिएको बैंक खाताबाट विभिन्न ६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक लिन सक्नेछन् ।

त्यस्तै पहिले मोबाइलमा मेन ब्यालेन्स रिचार्ज गरी आफैँ प्याकहरु लिने प्रक्रियामा नगइ आवश्यकता अनुसार सिधै खुद्रा विक्रेतामार्फत प्याकहरु किन्न सकिने पनि कम्पनीले जनाएको छ । 

एनसेलका आधिकारिक खुद्रा विक्रेता, खल्ती, प्रभु–पे र युनी–पे मार्फत करसहित ९८.९९ रुपैयाँमा २,१०० एमबी डेटा किन्न सकिन्छ भने यसलाई प्रत्येक दिन ३०० एमबीका हिसाबले ७ दिनसम्म चलाउन सकिनेछ । 

त्यस्तै करसहित ४९८.८३ रुपैयाँमा १५,००० एमबी लिन सकिन्छ । यो प्याकमा ग्राहकले दैनिक ५०० एमबी डेटा ३० दिनसम्म पाउँछन् । यसैगरी ९९८.९७ रुपैयाँमा ३६,००० एमबी लिन सक्छन् । यस प्याकअन्तर्गत ग्राहकहरूले दैनिक रूपमा १२०० एमबी ३० दिन पाउँछन् । 

प्याकअन्तर्गत उपलब्ध हुने डेटा भोलुम सकिए पनि प्याकको समयावधि बाँकी रहेसम्म मेन ब्यालेन्सबाट रकम नकाटिने कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • dhama paudyal

    June 16, 2020, 8:50 a.m.

    म त एन सेल को सिमकार्ड चला यस्ता प्याक सित्तै दिन्छु भने पनि चलाउदिन । यो नेपाल लाई लुट्न नेता किनेर नपाल मा रजाइ गर्ने बिदेशी कंपनी एन्सेल चाहिन्न हामी लाई ।#GoBackNcell

  •  0 Reply

तपाईको प्रतिक्रिया