बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - आईएमई लिमिटेडले ‘आईएमई घरमै रू. १ लाख जितौं’ नामकाे उपहार कार्यक्रम सार्वजनिक गरेको छ ।
कोभिड-१९ को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि याे उपहार कार्यक्रम ल्याइएकाे कम्पनीले जनाएकाे छ ।
सामान्य अवस्थामा रेमिटेन्स रकम एजेन्टकहाँ गएर प्राप्त गर्न सकिने भए पनि हाल बाहिर निस्किँदा सङ्क्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमै रकम प्राप्त गर्न सकिनेगरी यो योजना सार्वजनिक गरिएको कम्पनीकाे दावी छ ।
यस अन्तर्गत यही जेठ ३१ गतेबाट सुरू गरिएको ‘आईएमई घरमै’ उपहार योजनाबाट आईएमई गरिएको रकम आईएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी हरेक हप्ता ५ जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । कम्पनीका अनुसार याे योजना असारको अन्त्यसम्म लागू हुनेछ ।
स्वदेश तथा विदेशबाट आईएमई गरिएको रकम आईएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपैयाँ बोनस प्राप्त गर्न सकिने र विजेतालाई उपहार रकम आईएमई पे मोबाइल वालेटमै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिने कम्पनीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।