दाङ : तीन महिनामा भारतीय सीमा क्षेत्रमा १० वटा सुरक्षा पोस्ट थपिए

 असार २, २०७७ मंगलबार १४:४०:१४ | हेमराज शर्मा
unn.prixa.net

दाङ  – दाङमा पछिल्लो तीन महिनामा १० वटा सीमा सुरक्षा पोस्ट स्थापना गरिएका छन् । 

८३ किलोमिटर अन्तरदेशीय सीमा क्षेत्र रहेको दाङमा तीन महिना अघिसम्म एउटामात्र सीमा सुरक्षा पोस्ट रहेकाेमा अब ११ वटा भएका छन् । 

३१ नाकामध्ये सुनपत्थरी, खाग्रा, भैसाही, मुसी, डगमारा, बटौली, भौवालगायतका नाकामा सीमा सुरक्षा बलकाे पोस्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । कोरोनाको सङ्क्रमणसँगै नेपालतर्फ सीमा सुरक्षा बलका पोस्टहरु थप गरिएका हुन् । 

सीमा क्षेत्रमा सुरक्षा पोस्ट स्थापनासँगै एक नाकाबाट अर्को नाकामा पुग्नकाे लागि सडक निर्माणको काम पनि भइरहेको छ । जिल्लाको भारतसँग सीमा जोडिएको क्षेत्रको सुरक्षा अवस्थाको बारेमा आइतबार स्थलगत अनुगमन गरिएको थियाे । 

दाङ क्षेत्रमा भारतसँग जोडिएका ३१ वटा नाका रहेका छन् । कोरोनाको सङ्क्रमणसँगै नेपालतर्फ सीमा सुरक्षा बलका पोस्टहरु थप गरिएका हुन् । नेपाल-भारत सीमा क्षेत्रका सबै नाकामा भारततर्फ सुरक्षा फौजको पोस्ट भए पनि नेपालतर्फ भने निकै कम नाकामा मात्रै सुरक्षा पोस्ट थियो ।

अस्थायी रुपमा राखिएका कतिपय पोस्टहरु स्थायी गर्ने प्रक्रिया सुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा भारतसँग जोडिएका ३१ वटा नाकामध्ये १९ वटा नाकामा सीमा सुरक्षा बलका पोस्ट राख्ने योजना अनुसारले काम भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण तथा सीमा सुरक्षाकाे लागि दाङ क्षेत्रमा दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । पालिकाहरुको समन्वय र स्थानीय बासिन्दाको सहयोगमा नाका क्षेत्रका सुरक्षा बेसहरु स्थापना भए पनि भौतिक पूर्वाधार निकै कमजाेर रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान कार्यालयलगायतका प्रमुखहरु सम्मिलित टोलीले खाँग्रादेखी भौवा नाकासम्मको अवस्थाको स्थलगत अवलोकन गरेको थियो । 

राजपुर र गढवा गाउँपालिकाले आ-आफ्नो क्षेत्रमा पर्ने नेपाल भारत सीमा क्षेत्रमा सडक निर्माणका लागि लगानी गरिरहेको पालिकाहरुले जनाएका छन् । नाकासम्म पुग्नकाे लागि प्रदेश सरकारले पनि सकडमा लगानी बढाएको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • Deep

    June 16, 2020, 6:46 p.m.

    Good job sir

  •  0 Reply

तपाईको प्रतिक्रिया