दाङ : एउटै वडाका ४७ सहित थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

 असार २, २०७७ मंगलबार १७:४१:५७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिकाकाे एउटै वडामा मङ्गलबार ४७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको पीसीआर परीक्षणमा घाेराही उपमहानगरपालिका ४ का ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै घोराही १२ का चार जना, वडा नम्बर ११ का एक जना, घोराहीकै अन्य चार जनामा मङ्गलबार ५६ जनामा कोरोना पुष्टि भएको छ । 

मङ्गलबार पुष्टि भएका १० जना महिला र ४६ जना पुरुष भारतबाट आएर क्वरेण्टीनमा बसेकाहरु हुन् । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको पीसीआर परीक्षणमा सल्यानका एक जनामा पनि कोरोना पुष्टि भएको छ । 

योसँगै दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ४२ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया