गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित २ सय ४७ पुगे

 असार ३, २०७७ बुधबार ८:४५:४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याड्जा - गण्डकी प्रदेशमा २१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

नवलपरासीकाे बर्दघाट सुस्तापूर्व र पर्वतका गरी २१ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

योसँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ४७ पुगेको छ । नयाँ थपिएकामा नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना र पर्वतका ३ जना रहेका छन् । उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । 

गण्डकी प्रदेशका कोरोना सङ्क्रमित २ सय ४७ मध्ये अहिलेसम्म २२ जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया