बाँके : उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना देखियो

 असार ३, २०७७ बुधबार ८:५६:३२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - बाँकेको नेपालगञ्ज शिक्षण अस्पताल, कोहलपुरमा उपचारको क्रममा ज्यान गुमाएकी महिलामा कोरोना सङ्क्रमण देखिएको छ । 

बाँकेको बैजनाथ ६ की ४६ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार राति ज्यान गएको र परीक्षण गर्दा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गरिसकेको छैन । 

मिर्गौलाकी बिरामी ती महिला विभिन्न मेडिकल हुँदै शिक्षण अस्पतालमा भर्ना भएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेशमान श्रेष्ठले जानकारी दिनुभयो । मृतक महिला उपचारका लागि जेठ ३० गते अस्पताल पुग्नुभएको थियो । अहिले उहाँकाे शव व्यवस्थापनको तयारी भैरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकेमा यसअघि जेठ ४ गते क्वरेन्टीनमा मृत्यु भएका नरैनापुर ४ का २५ वर्षका युवामा पनि कोरोना संक्रमण देखिएको थियो । बाँकेमा हालसम्म २०७ जना कोरोना संक्रमित घर फिर्ता भएका छन् । १२३ जना विभिन्न आइसोलेसनमा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया