गण्डकी प्रदेशमा ४२ जना कोरोना सङ्क्रमित थपिए, मनाङमा पनि भेटियो सङ्क्रमण

 असार ४, २०७७ बिहिबार ७:१३:३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - गण्डकी प्रदेशमा ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

गण्डकी प्रदेशमा ४१ जना पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

योसँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ८९ पुगेको छ । मनाङमा समेत कोरोना सङ्क्रमित भेटिएका छन् । मनाङका सङ्क्रमित कपिलवस्तुबाट पुगेका कर्मचारी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै मनाङमा पहिलो पटक कोरोना सङ्क्रमण देखिएको हो । 

आज थपिनेमा सबैभन्दा धेरै नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना, गोरखामा १ महिला सहित ११ जना र तनहुँमा १२ जना रहेका गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । 

गण्डकी प्रदेशमा २२ जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया