गण्डकी प्रदेश : थप ५ जनासहित आज मात्र ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि

 असार ४, २०७७ बिहिबार ८:५८:४० | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - गण्डकी प्रदेशमा आजमात्रै ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

गण्डकी प्रदेशमा ४५ जना पुरुष र दुई महिलामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ९४ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान पाैने ६ बजे ४२ जना नयाँ सङ्क्रमितकाे अद्यावधिक गरेकाेमा ८ बजे अरु ५ जना पनि थपिएकाे अद्यावधिक गराएसँगै गण्डकी प्रदेशमा आजमात्रै ४७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे ।

मनाङमा समेत कोरोना सङ्क्रमित भेटिएका छन् । मनाङका सङ्क्रमित कपिलवस्तुबाट पुगेका कर्मचारी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै मनाङमा पहिलो पटक कोरोना सङ्क्रमण देखिएको हो ।

आज थपिनेमा सबैभन्दा धेरै नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना, गोरखामा १ महिला सहित ११ जना, तनहुँमा १२ जना र पर्वतका एक महिला सहित ५ जना रहेका गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा २२ जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया