गण्डकी प्रदेश : थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित ३२४ पुगे

 असार ४, २०७७ बिहिबार १२:२१:५१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले ९ बजे अद्यावधिक गरेकाे पछिल्लाे रिपाेर्ट अनुसार प्रदेशमा थप ३० जना सङ्क्रमित थपिएका हुन् । यसअघि प्रदेशले पाैने ६ बजे ४२ जना र ८ बजे थप ५ जना स‌ङ्क्रमित थपिएकाे अद्यावधिक गरेकाे थियाे ।

समग्रमा हेर्दा अहिलेसम्म आज एकै दिन  ४२, ५ र ३० गरी ७७ नयाँ सङ्क्रमित थपिएर गण्डकी प्रदेशमा सङ्क्रमितकाे संख्या ३ सय २४ पुगेकाे छ ।

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया