खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति एवं पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयलाई फरक कोणबाट अनावश्यक र उत्तेजक रुपमा प्रस्तुत गरिएकाले यसबारे कांग्रेसका सांसद र सिङ्गो पार्टी पङ्क्ति स्पष्ट हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
प्रतिष्ठानले एमसीसीका विषयमा पार्टीका सङ्घीय सांसदहरुसँग जुम प्रविधिमार्फत गरेको छलफल कार्यक्रममा उहाँले एमसीसीको बहस गर्दा २०४८ सालपछि अरुण तेस्रो जलविद्युत आयोजनाका विषयमा अनेक आपत्तिजनक होहल्ला र विरोध गर्नेहरुले नै दुई दशकपछि कुनै भारतीय कम्पनीलाई त्याे आयोजना जिम्मा दिएको तथ्यलाई भुल्नु नहुने बताउनुभयो । नेता निधिले त्यसबेला ‘अरुण तेस्रो’ आयोजना बन्न पाएको भए देशले विकासको महत्वपूर्ण आधार तयार पारिसकेको हुने थियो भन्नुभयो ।
अहिले एमसीसीलाई पनि त्यस समयको ‘अरुण तेस्रो’ जस्तै बनाउन खोजिएको हुनाले यसमा कांग्रेस गम्भीर रहेको उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा एमसीसी सम्झौतामा हस्ताक्षर गर्नुहुने तत्कालीन अर्थमन्त्री एवम् कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रको विकास र हित प्रवर्द्धनकाे लागि तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ सबल बनाउन त्याे सम्झौता भएको बताउँदै सम्झौतामा कुनै पनि हालतमा राष्ट्रको स्वाभिमानमा आँच आउने काम नभएको स्पष्ट पार्नुभयो ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाली जनताको हितमा गरिएका विषयहरुलाई जनतासामु स्पष्ट गर्दै पार्टी अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । पार्टीका सचेतक पुष्पा भुसालले नेपालको आवश्यकता र स्वार्थ अनुरुप भएका विषयहरुमा बखेडा खडा गरी राजनीति गर्नेहरुबाट नै देशकाे अहित भइरहेको धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा एमसीसीका विषयमा योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा गोविन्द पोख्रेल र डा स्वर्णिम वाग्लेले सम्झौताको समग्र पक्षको चिरफार गर्नुभएको थियो । केन्द्रीय सदस्य, सांसद, प्रतिष्ठानका सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको विषय सन्दर्भबारे प्रतिष्ठानका सदस्य राजु नेपालले सहजीकरण र नानुमैयाँ बाँस्तोलाले संयोजन गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।