स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
तनहुँ – तनहुँका चार नगरपालिका र ६ गाउँपालिका गरी दश पालिकाको लागत सहभागितामा पीसीआर परीक्षण मेसिन खरिद गर्ने प्रक्रिया अघि बढेको छ ।
कोभिड–१९ का बिरामी बढ्दै गएको अवस्थामा जिल्लामै पीसीआर मेसिन भए कोरोना परीक्षणमा सहज बनाउन सकिने उद्देश्यले यहाँका पालिकाले मेसिन खरिद प्रक्रिया अघि बढाएका हुन् । दशवटै पालिकाद्वारा शुक्लागण्डकी नगरपालिकालाई खरिद तथा भौतिक संरचना व्यवस्थापनको लागि जिम्मा दिइएको छ ।
नगरपालिकाले फायल तयार गरी गण्डकी प्रदेश सरकारसँग मेसिन खरिद प्रक्रियाको लागि अनुमति लिने कार्य भएको शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो । दशवटै पालिकाले प्रतिशतका आधारमा लागत सहभागिताको लागि प्रतिबद्धता जनाए अनुरुप पीसीआर परीक्षण मेसिन खरिद प्रक्रिया अघि बढाएको हो ।
पीसीआर मेसिन खरिदका लागि जिल्लाका शुक्लागण्डकी नगरपालिकाको १४ प्रतिशत रहेको छ भने व्यास नगरपालिका, भिमाद नगरपालिका र भानु नगरपालिकाको १२/१२ प्रतिशत लागत सहभागिता रहेको छ । त्यसैगरी म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिको नौ/नौ र देवघाट गाउँपालिकाको पाँच प्रतिशत लागत सहभागिता रहेको छ ।
'मेसिन मात्रै खरिद गरेर भएन', उपप्रमुख रसाइलीले भन्नुभयो, 'ल्याब तथा भौतिक संरचनालगायतका निर्माण कार्य गर्नुपर्ने आवश्यकतासमेत देखिएको छ ।'
शुक्लागण्डकी नगरपालिकाले सबै पालिकालाई परिपत्र गरेपछि आफूले दिनुपर्ने दायित्व शुक्लागण्डकी नपाको खातामा रकम जम्मा गर्ने र त्यसले पनि अपुग भए पालिका कार्यालयले अझै थप्न तयार रहेको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङले बताउनुभयो । पीसीआर परीक्षणको लागि प्रयोगशाला जीपी कोइराला श्वासप्रश्वास केन्द्र बेलचौतरामा राख्ने सहमति भए पनि त्यहाँबाट प्रदान गरिने भवनबाट मात्रै कार्य सम्पादन गर्न कठिनाइ देखिएकाेले भौतिक संरचना निर्माण गर्न आवश्यक देखिएको उहाँले जानकारी दिनुभयो ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनका विषयमा छलफल गरी क्वरेण्टीनमा रहेका व्यक्तिको पीसीआर परीक्षणको लागि सहज बनाउन जेठ अन्तिम हप्ता बसेको पालिकास्तरीय बैठकले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको थियो । पीसीआर मेसिनसहितको पूर्वाधार निर्माण गर्न एक करोड रुपैयाँ लाग्ने अनुमान रहेकोले दशवटै पालिकाको प्रतिशतकाे आधारमा लागत सहभागिता जनाएका हुन् ।
नेपाल सरकारले तोकेको मापदण्ड बमोजिमको पीसीआर मेसिन खरिद गर्न र आवश्यक पूर्वाधार निर्माण गर्ने जिम्मा शुक्लागण्डकी नगरपालिकालाई प्रदान गरिएको प्रक्रियागत कार्य भइरहेको बताइएको छ । पीसीआर मेसिन खरिद भइसकेपछि प्रयोगशालाको लागि आवश्यक जनशक्ति गण्डकी प्रदेशसँग माग गर्ने बैठकबाट निर्णय भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।