ब्राजिलमा विमान दुर्घटना भएर बस्तीमा खस्दा पाइलटसहित १० जनाको...
पुस ८, २०८१ सोमबार
दाङ - दाङको घोराहीमा क्वरेण्टीनबाट घर गएपछि कोरोना सङक्रमणकाे पुष्टि भएका व्यक्तिहरुको सम्पर्कमा रहेका एक सय ११ जनाको स्वाब सङ्कलन गरिएको छ ।
घोराही उपमहानगरपालिका-१७ को गोरक्ष रत्ननाथ मावि र रात्रि प्रावि क्वाडीको क्वरेण्टीनबाट घर गएपछि पोजिटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा रहेका एक सय ११ जनाको स्वाब सङ्कलन गरिएको हो।
भारतबाट आएर क्वरेण्टीनमा बसेका व्यक्तिहरु रिपोर्ट आउन ढिला गरेपछि घर गएकामध्ये १७ जनामा कोरोना पोजिटिभ देखिएको थियो । सङ्क्रमितको घर-परिवारसँगै अन्य सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब सङ्कलन गरिएको घोराही उपमहानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखाले जनाएको छ ।
सङ्क्रमितहरु नारायणपुरको आइसोलेसनमा भर्ना भएका छन भने स्वाब सङ्कलन गरिएकाहरु घरमै सुरक्षित ढङ्गले बसेका छन् ।
यसैबीच घोराही उपमहानगरले सङ्कलन गरेको एक हजार ५ सय बढी स्वाब परीक्षण हुन बाँकी रहेकाे छ ।
एक दर्जन बढी क्वरेण्टीन केन्द्रबाट सङ्कलन भएका एक हजार ५ सय ६ जनाको स्वाब परीक्षण हुन बाँकी रहेको स्वास्थ्य शाखाले जनाएको छ । जेठ २३ गतेदेखि सङ्कलन गरिएका स्वाब परीक्षण हुन बाँकी रहेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लाइनमा राखिएको छ ।
स्वाब सङ्कलन भएको लामो समयसम्म पनि रिपोर्ट नआउँदा क्वरेण्टीनमा बसिरहेकाहरु आत्तिने गरेका छन् ।
घोराही उपमहानगरमा अहिलेसम्म एक सय ३० जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये १ सय १५ जना आइसोलेसनमा छन् भने १४ जना डिस्चार्ज भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।