स्वास्थ्यकर्मीलाई नै सङ्क्रमण भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकसहितका सबै सेवा बन्द

 असार ५, २०७७ शुक्रबार १९:३७:१८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशकसहित चार जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

केही दिनअघि कोरोना सङ्क्रमित बिरामीको उपचारपछि घरमै क्वरेण्टीनमा बसेका अस्पतालका निर्देशक, एकजना डाक्टर, नर्सिङ इञ्चार्ज र इमर्जेन्सी वार्डमा कार्यरत एकजना स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । 

अस्पतालका निर्देशकसहितका स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको अस्पताल स्रोतले जनाएको छ । चार जना स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि दुई दिनका लागि आकस्मिकसहितका सबै सेवा बन्द भएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया