पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानून ल्याउन लागेकामा चौतर्...
चैत २, २०८१ शनिबार
भक्तपुर - राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ का विद्यार्थीलाई एक विषयमा मात्रै ग्रेड वृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुने अवसर दिने भएको छ ।
कक्षा १२ को नतिजा प्रकाशित गर्न आज बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै परीक्षा बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले एक विषयभन्दा बढी विषयको ग्रेड वृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीका लागि कुनै व्यवस्था नगरेको बताउनुभयो ।
नियमित परीक्षामा सहभागी भई अन्य सबै विषयमा ‘सी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्रै अनुपस्थित भएका वा ‘डी प्लस’, ‘डी’, वा ‘ई’ ग्रेड प्राप्त गरेका विद्यार्थीले उक्त विषयको ग्रेड वृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुन मौका दिएको छ ।
यस बाहेक अरू ग्रेड ल्याएका र एकभन्दा बढी विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीका लागि भने बोर्डले यो मौका दिएको छैन । विद्यार्थीले चाहेर पनि एकभन्दा बढी विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन नपाउँने बाध्यकारी व्यवस्था बोर्डले गरेको छ ।
उहाँले भन्नुभयो, “निश्चित एक विषयमाभन्दा बढी विषयमा ग्रेड अर्थात् पूरक परीक्षामा सहभागी हुन पाउने छैन, एकभन्दा बढी विषयमा ग्रेड वृद्धि परीक्षा दिन चाहने विद्यार्थीले भने एक वर्ष कुरेर नियमित परीक्षा तालीका अनुसारको बोर्ड परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ ।”
यसका लागि बोर्डले आउँदो भदौ १६ गते शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म हुने गरी एक दिन मात्रै ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा सञ्चालन गर्ने भएको छ । ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीले भदौ १० गतेभित्र आवेदन फाराम र शुल्क बुझाइ सक्नुपर्ने व्यवस्था गरेको छ ।
बोर्डले ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’ र ‘सी’ प्राप्त गर्ने विद्यार्थीको ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र आगामी २१ दिनपछि मात्रै उपलब्ध गराउने र ‘डी प्लस’ को हकमा भने ग्रेड वृद्धि परीक्षामा सहभागी नहुने भएमा मात्रै यस्ता प्रमाण पत्र दिइने उहाँको भनाइ थियो । यही पहिला यस्ता प्रमाणपत्र लगिसकेका विद्यार्थीलाई भने परीक्षामा सहभागी हुन नदिने भएको छ ।
आफूले प्राप्त गरेको ग्रेड चित्त नबुझेमा विद्यार्थीले प्रति विषय रु ५०० दस्तुर तिरेर आगामी १५ दिन अर्थात् भदौ १ गतेभित्र बोर्ड वा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन दिने व्यवस्था गरेको छ ।
विद्यार्थीको ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रमा कुनै त्रुटी भएमा आगामी चार महिनाभित्र आवेदन दिएर सच्याउन पाउने व्यवस्था गर्दै त्योभन्दा पछि आएको आवेदनमा कुनै सुनुवाई नहुने व्यबस्था बोर्डले गरेको छ ।
बोर्डले ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको नतिजामा नियमिततर्फ ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० जीपीए ल्याउनेमा ५८ हजार ३४५, २.४१ देखि २.४० जीपीए ल्याउने ९० हजार २९९ परीक्षार्थी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Gobinda kumar
Aug. 6, 2018, 8 a.m.१ विषय भन्दा बाँकीले पुरक दिन पाउँदैन र ?