खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम स्वीकृत भएको छ । मेयर विद्यासुन्दर शाक्यले गएको बिहीबार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम नगरसभामा पेश गर्नुभएको थियो । विभिन्न २५८ बुँदामा नीति तथा कार्यक्रम समेटिएका छन् ।
आगामी वर्षको नीति तथा कार्यक्रममा जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन र करदातालाई सहुलियत जस्ता विषय राखिएको छ । काठमाण्डौ उपत्यकालाई सिङ्गो समृद्ध शहरका रुपमा विकास गर्न अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यका एकीकृत विकास कार्यक्रम अघि बढाउने उल्लेख छ ।
आर्थिक तथा रोजगारी क्षेत्रअन्तर्गत कृषि खाद्य तथा पशु, सहकारी, उद्यमशीलता तथा रोजगार प्रवद्र्धन, उद्योग तथा व्यापार, पर्यटन, सार्वजनिक निजी सामुदायिक साझेदारी नीति अन्तर्गत कार्यनीति पारित भएका छन् । यसैगरी सामाजिक विकास अन्तर्गत शिक्षा, जनस्वास्थ्य, महिला बालबालिका, ज्येष्ठ नागरिकको सुरक्षा तथा संरक्षण नीति तय गरिएको छ ।
शहरी पूर्वाधार तथा योजना विकास क्षेत्रअन्तर्गत सहरी पूर्वाधार विकास, सहरी यातायात व्यवस्थापन, सहरी आवागमन, सूचना तथा सञ्चार, शहरी विकास तथा भवन मापदण्ड रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।