ट्र्याक्टरले माेटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको ज्यान गयो

 असार ७, २०७७ आइतबार १९:४:३१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – ट्र्याक्टरले मोटरसाईकललाई ठक्कर दिँदा दाङको तुलसीपुरमा एक जनाको ज्यान गएको छ । ट्र्याक्टरले माेटरसाइकललाई ठक्कर दिँदा नवलपरासीको रामग्राम नगरपालिका १४ का २७ वर्षीय माेटरसाइकल चालक जितेन्द्र चौधरीकाे ज्यान गएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट दङ्गीशरण गाउँपालिका १ रामपुरतर्फ गइरहेको लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको रा १ त ७५७ नम्बरको ट्र्याक्टरले तुलसीपुर उपमहानगरपालिका २ कुमालगैरीमा ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका चौधरीको उपचारकाे क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्यान गएको हो ।

मृतक चौधरी इलाका प्रहरी कार्यालय सुनौलनमा प्रहरी जवानमा कार्यरत रहेको बताइएको छ । मृतक चौधरी दङ्गीशरण गाउँपालिका १ काे रामपुरमा रहेको ससुराली जाँदै हुनुहुन्थ्याे । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया