बैंक गतिबिधि : एभरेस्ट र वेष्टर्न डेभलपमेन्टको नाफा बढ्यो, एनआइसी र मितेरीको घट्यो

 साउन १८, २०७५ शुक्रबार १०:२१:१ | उज्यालो सहकर्मी

काठमाडौं - एभरेष्ट बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकले गएको आर्थिक वर्षमा नाफा बढाएका छन् । तर एनआईसी एसिया र मितेरी डेभलपमेन्ट बैंकको भने यस अवधिमा अघिल्लो पटकभन्दा नाफा घटेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले गत आव २०७४/७५ मा २ अर्ब ५४ करोड ४५ लाख ३६ हजार रुपैयाँ खुँद मुनाफा गरेको छ । यो बैंकले गरेको यो नाफा अघिल्लो वर्षको तुलनामा ५३ करोड ८२ लाख रुपैयाँले अर्थात २६.८३ प्रतिशतले बढी हो ।

यो बैंकले गत वर्ष २ अर्ब ६२ लाख ४८ हजार रुपैयाँ कमाएको थियो । चुक्ता पुँजी ८ अर्ब १० करोड रुपैयाँ भएको यो बैंकले जगेडा कोषमा ६ अर्ब २९ करोड रुपैयाँ राखेको छ ।

गत वर्षसम्ममा यसले १ खर्ब १४ अर्ब ८५ करोड २४ लाख निक्षेप संकलन गरेर ९३ अर्ब ९९ करोड १५ लाख रुपैयाँ कर्जा सापटी दिएको छ । यो अवधिसम्ममा बैंकले गरेको लगानी १८ अर्ब ७८ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

यो बैंकले गत वर्ष व्याज आम्दानीबाट मात्रै १० अर्ब २ करोड रुपैयाँ संकलन गरेको छ । व्याज खर्च ५ अर्ब २३ करोड छ । यसले घरजग्गामा ४ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेको छ । यो बैंकको खराब कर्जा अनुपात ०.२० प्रतिशत छ ।

वेष्टर्न डेभलपमेन्ट बैंक

वेष्टर्न डेभलपमेन्ट बैंकको नाफा ३२.७१ प्रतिशतले बढेको छ । यो बैंकले गत वर्ष २ करोड २८ लाख ७७ हजार रुपैयाँ नाफा बढाएर ९ करोड २७ लाख ९५ हजार रुपैयाँ पुराएको छ । यो बैंकको नाफा अघिल्लो वर्ष ६ करोड ९९ लाख १८ हजार रुपैयाँ थियो । ५० करोड ४० लाख चुक्तापुँजी रहेको वेस्टर्नको जगेडा कोषमा ५ करोड १७ लाख रुपैयाँ छ ।

यसले गत आवसम्ममा ३ अर्ब १९ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकको नाफा गत आव २०७४/७५ मा अघिल्लो आवको तुलानमा १९.१७ प्रतिशतले नाफा घटेको छ । यो बैंको नाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष २८ करोड २५ लाख ३७ हजार रुपैयाँले घटेको छ । गत वर्ष यो बैंकले १ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा यो वर्ष १ अर्ब १९ करोड ९ लाख रुपैयाँमात्र यस्तो नाफा रहेको छ ।

चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको यो बैंकको जगेडा कोषमा ३ अर्ब २३ करोड रुपैयाँ रहेको छ । गत वर्षसम्ममा यो बैंकले १ खर्ब ५१ अर्ब १९ करोड ९९ लाख निक्षेप संकलन गरेर १ खर्ब २० अर्ब ६६ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो अवधिसम्ममा बैंकले गरेको लगानी १८ अर्ब ४ करोड ९३ लाख रुपैयाँ रहेको छ । यो बैंकले गत वर्ष व्याज आम्दानीबाट मात्रै १३ अर्ब २६ करोड रुपैयाँ संकलन गरेर व्याज खर्च ९ अर्ब ३३ करोड रुपैयाँ गरेको छ ।

मितेरी डेभलपमेन्ट बैंक

मितेरी डेभलपमेन्ट बैंकको नाफा घटेको छ । आर्थिक बर्ष २०७४/७५ को चैथौ त्रैमासिक बैंकले ११ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो बर्ष यसै अवधिमा बैंकले १२ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १९ करोड ९३ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित रहेको छ । असार मसान्तसम्ममा तीन अर्ब ८१ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले अघिल्लो बर्ष दुई अर्ब ८८ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । 

साथै बैंकले तीन अर्ब ८ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । भने अघिल्लो बर्ष दुई अर्ब २७ करोड ५३ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

अघिल्लो बर्ष २१ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत बर्ष २० करोड ९६ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी घटेर कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च बढ्दा बैंकको सञ्चालन नाफा ८९ लाख घटेर १७ करोड ७५ लाख गरेको छ ।

बैंक अफ काठमाडौंको गृहलक्ष्मी खाता

बैंक अफ काठमाण्डूले महिलावर्गहरुलाई लक्षित गरि नयाँ गृहलक्ष्मी सेभिङ खाता सञ्चालनमा ल्याएको छ । यस खातामा ५.२५ प्रतिशत व्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।
गृहलक्ष्मी खातामा ३ वर्षको अवधिको निःशुल्क एटीएम कार्ड, निःशुल्क बीओ.के. स्मार्ट (सुरुको पहिलो वर्ष), लकर सुविधामा ५० प्रतिशत छुट, निशुल्क ब्यालेन्स सर्टिफिकेट र रिटेल कर्जा प्रवाह शुल्कमा ०।२५ प्रतिशत को छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

तीजको शुभकामना सहित विशेष डिजाइनको कि–रिङ निःशुल्क प्रदान गरिने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया