दाङ : ९३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए

 असार ९, २०७७ मंगलबार ८:३०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङका कोरोना सङ्क्रमितमध्ये ९३ जना निको भएर घर फर्किएका छन् । कुल सङ्क्रमित २ सय ८५ जनामध्ये ९३ जना निको भएर घर फर्किएका हुन् भने एक सय ९१ जनाको जिल्लामा रहेका तीनवटा आइसोलेसन अस्पतालमा उपचार भैरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोना विशेष अस्पतालबाट ५८ जना र घोराही उपमहानगरले निर्माण गरेको आइसोलेसन सेन्टरबाट ३३ जना निको भएर घर फर्किएका हुन् । अरु काठमाण्डौ र गुल्मीमा उपचारपछि ठिक भएका हुन् ।

कोरोना सङ्क्रमितमध्ये १३ जना स्वास्थ्यकर्मी हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि कर्मचारीसहित ६१ जनालाई क्वरेण्टीनमा राखिएको प्रतिष्ठानका निमित्त रजिस्टार कैलाश देवले बताउनु भयो । प्रतिष्ठानमा अहिले आकश्मिकसहितका केही सेवा मात्रै सञ्चालनमा रहेको प्रतिष्ठानले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया