प्युठान : क्वरेण्टीनमा जन्मियो शिशु

 असार ९, २०७७ मंगलबार १७:५१:३९ | रासस
unn.prixa.net

प्युठान – प्युठानको  एक क्वरेण्टीनमा बसेकी गर्भवतीले शिशु जन्माउनुभएको छ । मल्लरानी गाउँपालिका ४ को जनजागृति माध्यामिक विद्यालयकाे कसेरी क्वरेण्टीनमा बस्नुभएकी १८ वर्षीया सीता खड्काले छोरालाई जन्म दिनुभएकाे हो । 

क्वरेण्टीनमा सुत्केरी व्यथा लागेपछि उहाँलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रमै आज बिहान ८ बजेतिर उहाँ सुत्केरी हुनुभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताउनुभयो । 

आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्रले जनाएकाे छ । खड्काको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर लिने/नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनुभयो । 

खड्का श्रीमानसँग यही असार १ गते भारतबाट आएर क्वरेण्टीनमा बस्नुभएको थियो । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया