घुस रकमसहित नगरपालिकाका कर्मचारी पक्राउ

 असार ९, २०७७ मंगलबार २२:७:१६ | रामबाबु खड्का
unn.prixa.net

महोत्तरी -  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले हरिपुर नगरपालिकाका दुई जना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ। 

मङ्गलबार साँझ अख्तियारले  कार्यालयका लेखापाल रजित यादवलाई रङ्गे हात पाँच हजार रुपैयाँ नगदसहित पक्राउ गरेको हो । यादवसँगै लेखा अधिकृत भुपेन्द्र सिंहलाई पनि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

दुवै जनालाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालय लगिएको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया