दाङमा थप एक वडाध्यक्षमा काेराेना सङ्क्रमण, जिल्लाभर ४ जनप्रतिनिधि सङ्क्रमित

 असार १०, २०७७ बुधबार २१:१३:१६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको बङ्गलाचुली गाउँपालिकाका एक वडाध्यक्षलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा वडा अध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कालिका प्राथमिक विद्यालय पुरुङ छेडा र एकीकृत नमुना बस्ती बडीपोखराको क्वरेण्टीन व्यवस्थापनमा खटिनुभएका वडाध्यक्षकाे बुधबार कोरोना रिपाेर्ट पाेजेटिभ आएको गाउँपालिकाका प्रेस संयोजक जीवन नेपालीले जानकारी दिनुभयो । बुधबार वडाध्यक्षसहित ४२ जनामा कोरोना पुष्टि भएको छ ।

यसअघि बङ्गलाचुली गाउँपालिकाकै अर्का वडाध्यक्ष र वडाका सदस्यमा पनि कोरोना देखिएको थियो । योसँगै बङ्गलाचुलीमा मात्रै तीन जना जनप्रतिनिधिमा कोरोना पोजेटिभ देखिएको छ ।
साथै दाङमा कोरोना सङ्क्रमित जनप्रतिनिधिको सङ्ख्या चार पुगेको छ । घोराही उपमहानगरपालिकाका एक वडाध्यक्षमा पनि कोरोना पुष्टि भएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया