पानी र पहिरोले बाटो बन्द भएपछि डोजरबाट दूध ओसारपसार

 असार ११, २०७७ बिहिबार १६:२१:२९ | देव पचभैया
unn.prixa.net

पाल्पा – वर्षाको कारण बाटो अवरुद्ध भएपछि पाल्पाका विभिन्न ठाउँका कृषकहरुले डोजर प्रयोग गरेर दूधको ओसारपसार गरेका छन् । केही दिनदेखि निरन्तर परेको पानीले पहिरो गएपछि ग्रामीण भेगका बाटो बन्द भएका छन् । 

अप्ठ्यारा र गाडी नचल्ने ठाउँमा डोजर प्रयोग गरेर सदरमुकामसम्म दूध पुर्‍याउने गरिएको तानसेन १२ लुहुङ्गका कृषक सन्जय पौडेलले जानकारी दिनुभयो । अवरुद्ध भएका बाटो खुलाउँदा धेरै पैसा खर्च हुने र फेरि पानीले पहिरो जाने सम्भाबना भएको भन्दै डोजरबाटै दूध ओसार्न थालिएको कृषकहरुको भनाइ छ । 

जिल्लाका विभिन्न ठाउँका कृषकहरुले जोडर प्रयोग गरेर दूध ओसारपसार गर्नुपरेको जनाएका छन् । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया