८५ हजारसहित ४ जुवाडे पक्राउ

 असार ११, २०७७ बिहिबार २०:७:२९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – प्रहरीले दाङको तुलसीपुरबाट बिहीबार साँझ जुवाकाे खालबाट ८५ हजार रुपैयाँसहित चार जुवाडेलाई पक्राउ गरेको छ ।

तुलसीपुर ६ हात्तीखौवाबाट चार जनालाई जुवा खेलिरहेको अवस्थामा ८५ हजार ४५ रुपैयाँसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ का ३२ वर्षीय अब्दुल रजिमन, ३७ वर्षीय टेकबहादुर विक, ४५ वर्षीय मोहम्द अनिष कुरैसी र ४९ वर्षीय नारायण केसी रहेका छन् । ठूलो धनराशीको हारजित हुने गरी जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हाे । 

उनीहरुको साथबाट दुई थान तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया