खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – सरकारले पहिलो पटक दार्चुलाको व्यास गाउँपालिका १ का छाङ्रु र तिङ्करमा खाद्यान्न पुर्याउन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले त्यहाँका सर्वसाधारणलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्याउनकाे लागि यही असार ३ गते बोलपत्र आह्वान गरेर प्रक्रिया सुरु गरिसकेको छ ।
यसअघि भारत र चीनबाट आश्रित त्यहाँका नागरिकलाई खाद्यान्न पुर्याउन थालिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार ती दुई गाउँका एक सय ९२ घरधुरीका परिवारलाई तत्काल दुई सय क्विन्टल चामल पुर्याइने छ ।
सरकारले यसअघि गएकाे वैशाख ३१ गते सीमा रक्षाकाे लागि छाङ्रुमा बाेर्डर आउट पाेस्ट (बीओपी) स्थापना गरेको थियो । लकडाउनले गर्दा भारत र चीनबाट खाद्यान्न नआएपछि आफूहरुले ती ठाउँका सर्वसाधारणलाई खाद्यान्न पुर्याउन लागेको खनालले बताउनुभयो । 'पहिले ती गाउँका मानिसहरु भारत र चीनबाट खाद्यान्न खरिद गरेर जीविकोपार्जन गर्दै आइरहेका थिए', उहाँले भन्नुभयो, 'तर अहिले लकडाउनले गर्दा भारत र चीनबाट त्यहाँ खाद्यान्न ल्याउने अवस्था भएन अनि हामीले गाउँपालिकाको समन्वयमा खाद्यान्न पुर्याउन थालेका हौँ ।'
उहाँका अनुसार यही महिनाको २५ गतेभित्र त्यहाँका सर्वसाधारणकाे लागि चामल पुर्याइने छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले लकडाउनमा त्यहाँका नागरिकलाई खाद्यान्न पुर्याउन निर्देशन दिएपछि कम्पनीका नायब महाप्रबन्धक खनालसहितको टोली सुर्खेत गएको छ । कम्पनीले बोलपत्रमार्फत पुर्याएकाे चामल गाउँपालिकाले खरिद गरेर त्यहाँका सर्वसाधारणलाई सरकारी दरमा वितरण गर्नेछ । यसअघि कम्पनीले व्यास गाउँपालिकाकै सुनसेरा भन्ने ठाउँमा भने खाद्यान्न पुर्याउँदै आएको थियो ।
खनालले सुर्खेतबाट हेलिकप्टरमा ती दुई गाउँमा चामल पुर्याइ सर्वसाधारणलाई वितरण गरिने बताउनुभयो । अहिले ती दुई गाउँमा एक सय ९२ घरधुरी छन् । महाप्रबन्धक खनालले अब बिक्री केन्द्र स्थापना गरेर नियमित रुपमा ती ठाउँमा खाद्यान्न पुर्याइने बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले लकडाउनकाे कारणले भारत र चीनबाट खाद्यान्न नआउने भएपछि कम्पनीलाई पत्र लेखेर खाद्यान्न आपूर्ति गर्न भनिएको बताउनुभयो ।
उहाँका अनुसार कम्पनीले ल्याएको चामल छाङ्रु र तिङ्करका सर्वसाधारणलाई सय/सय क्विन्टल वितरण गरिने छ । ६ महिना सदरमुकाम र ६ महिना आफ्नो गाउँमा बस्ने त्यहाँका बासिन्दा लकडाउनकाे समयमा गएकाे वैशाखको दोस्रो हप्ता गाउँपालिकाको सहयोगमा आफ्नो गाउँ पुगेका थिए ।
गाउँपालिकाका अध्यक्ष बुढाथोकीले भारतसँग सहकार्य गरेर सदरमुकाम खलङ्गाबाट उनीहरुलाई घर पुर्याइएकाे बताउनुभयो । 'घर पुगेपछि लकडाउनकाे कारणले भारत र चीनबाट खाद्यान्न नआउने भएपछि के खाने भनेर समस्या भयो' उहाँले भन्नुभयो, ,त्यही भएर हामीले सहुलियत दरमा ती मानिसलाई खाद्यान्न उपलब्ध गराउन खाद्य कम्पनीलाई आग्रह गरेका हौँ । त्यसै अनुसार खाद्यान्न आउन थालेको छ ।
उहाँका अनुसार गाउँपालिकाले खाद्यान्न ल्याउन अग्रिम भुक्तानीकाे लागि पैसा जम्मा गर्ने र पछि सर्वसाधारणलाई सरकारकै मूल्यमा चामल उपलब्ध गराउने छ । उहाँले अब छाङ्रुमा नै बिक्री केन्द्र स्थापना गरेर त्यहाँका बाासिन्दालाई नियमित खाद्यान्न वितरण गरिने बताउनुभयो ।
फापर, उवा (गहुँको प्रजाति) र आलु त्यहाँका मुख्य बाली हुन् । उनीहरु मङ्सिरदेखि वैशाखसम्म सदरमुकाम खलङ्गा र जेठदेखि कात्तिकसम्म आफ्नै गाउँ बस्ने गर्छन् । गाउँमा बसेकाे बेला उनीहरु असारदेखि कात्तिकसम्म नेपाल र भारतबाट सामान लिएर तिब्वतको ताक्लाकोटमा गइ व्यापार गर्छन् । त्यहाँबाट ताक्लाकोट पुग्न १२ घण्टा लाग्ने गरेको छ । उनीहरु भारत र चीनमा गरिने व्यापारबाट आम्दानी गरेको पैसाले आफूलाई चाहिएको उपभोग्य वस्तु किन्ने गर्छन् ।
गाउँपालिकाका अध्यक्ष बुढाथोकीका अनुसार झण्डै एक हजार जनसङ्ख्या रहेको ती दुई गाउँमा अहिले तीन/चार सयमात्र मानिस छन् । अन्य मानिस रोजगारीकाे लागि नेपालका अन्य ठाउँ, भारत र चीन (तिब्बत) जाने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।