खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले आगामी आव २०७७/७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई आइतबार सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षको सुरुवातबाटै मन्त्रालयका काममा आफै सक्रिय ‘प्रोएक्टिभ’ भएर लाग्न आग्रह गर्नुभयो ।
उहाँले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने पनि चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, 'अहिल्यै मैले पूर्वसूचना गरेको छु । साउन महिनाबाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौँ । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला ।'
आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै उहाँले भन्नुभयो, 'तपाईँहरुले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ । त्याे सम्झौता अनुसार काम भए/नभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कारवाही जे गर्नुपर्ने हो, त्यो गरिन्छ ।'
हरेक एक वर्षमा कक्षा चढेजस्तै आफूहरुको पनि एउटा कक्षा चढ्ने बेला आएको उल्लेख गर्दै मन्त्री भट्टराईले मन्त्रालयले राम्रो अङ्कका साथ कक्षा उत्तीर्ण हुनैपर्ने बताउनुभयो ।
चालु वर्षमा सम्पन्न हुन बाँकी काम पनि १५ दिनभित्र गर्न र प्रत्येक हप्ता हरेक महाशाखाहरुको कामको रिर्पोटिङ गरिने व्यवस्था मिलाइने उहाँले उल्लेख गर्नुभयो । उहाँले कोभिड–१९ पछि सबै विमानस्थलहरु सञ्चालन गर्ने गरी प्रोटोकलको पूर्वतयारी गर्न, होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालनकाे लागि जारी भएको प्रोटोकलको कार्यान्वयन र अनुगमन गर्न पनि सम्बन्धित महाशाखा/निकाय प्रमुखलाई निर्देशन दिनुभयो ।
पर्यटन मन्त्रात्रलय मातहत राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका पाँच वटा आयोजना छन् । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति विकास कोष र लुम्बिनी विकास कोष रहेका छन् । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, मन्त्रालयका महाशाखा प्रमुख तथा मातहत निकायका प्रमुखहरुको सहभागिता थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।