दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकक...
बैशाख १२, २०८१ बुधबार
दाङ – दाङमा सोमबार एकैदिन ५८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणमा थप ५८ जना सङ्क्रमित भेटिएसँगै दाङमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या पाँच सय ६८ पुगेको छ ।
सोमबार भेटिएका सङ्क्रमितमा गढवाका २२ जना, बबईका १० जना, तुलसीपुरका आठ जना, घोराहीका सात जना, राप्तीका पाँच जना, शान्तिनगर र दङ्गीशरणका दुई/दुई जना गरी चार जना र नेपाली सेनामा कार्यरत २ जना रहेका छन् । सङ्क्रमितमध्ये २२ जना महिला र ३६ पुरुष हुन् ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।