स्रोत नखुलेको ६५ लाख रुपैयाँसहित काठमाण्डौबाट दुई जना पक्राउ

 असार १६, २०७७ मंगलबार ८:५:५२ | रासस
unn.prixa.net

काठमाण्डाै – स्रोत नखुलेको  ६५ लाख आठ हजार रुपैयाँ सहित दुई जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई काठमाण्डौ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ । पक्राउ परेका शङ्करसँग ६३ लाख र रमेशसँग दुई लाख आठ हजार बरामद भएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।

उहाँका अनुसार अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया