काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
नेदरल्याण्ड्सविरुद्ध जारी दाेस्राे एक दिवसीय खेलमा नेपालले चाैथाे विकेट गुमाएकाे छ । चाैथाे विकेटका रुपमा दिपेन्द्र सिंह एेरी १७ बलमा १९ रन बनाएर रन अाउट भएका हुन् । यस क्रममा उनले ३ चाैका प्रहार गरे ।
यसअघि नेपालका अाेपनर ज्ञानेन्द्र मल्ल १३ रन र अनिल साह ४ रन बनाएर अाउट भएका थिए । त्यस्तै पहिलाे र दाेस्राे विकेट लिएका क्लासनले १२अाैं अाेभरकाे पहिलाे बलमा अाेपनर सुवास खकुरेललार्इ १९ रनमा अाउट गरेका हुन । ३३ बल सामना गरेका खकुरेलले ३ चाैका प्रहार गरेका थिए ।
टस जितेर पहिला व्याटिङमा आएको नेपालले ७.३ ओभरमा २९ रन बनाउँदा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । २४ बल खेलेका मल्लले १२ रन बनाए । उनले २ चौका प्रहार गरे ।
नेदरल्याण्ड्सका फ्रेड क्लासेनले अाठाैं अाेभरकाे तेस्राे बलमा ज्ञानेन्द्रलार्इ र छैठाैं बलमा अनिल साहलार्इ अाउट गरेका हुन् ।
क्लासनले मल्ललाई वेस्ले बेरेसीका हातबाट क्याच आउट गराएका हुन् ।
यसैगरी अनिल साह ४ रनमा आउट भए । मल्ल आउट भएपछि सुवास खकुरेललाई साथ दिन आएका साहले ३ बल खेल्दै आउट भएका हुन ।
यतिखेर क्रिजमा कप्तान पारस खड्का र राेहित पाैडेल छन् । १९ अाेभरकाे समाप्तिमा नेपलकाे स्काेर ८३ रन छ भने पारस १५ र राेहित २ रन बनाएर खेलिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।