ऊर्जा विकास कार्यालय दैलेखका प्रमुखसहित ४ जना घुससहित पक्राउ

 असार १७, २०७७ बुधबार १४:५०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्र सुन्दर मल्ल र सबइन्जिनियर वीरेन्द्र चन्द दुई लाख ४१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

दैलेखको भगवतीमाई गाउँपालिका ३ सानटडा खोला तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख ४१ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

घुस लिँदै गरेको अवस्थामा इन्जिनियर टोपेन्द्र सुन्दर मल्ल र सबइन्जिनियर वीरेन्द्र चन्दको बयानकाे आधारमा सबइञ्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई पनि पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया