दाङ : वडाध्यक्षमाथि कुटपिट गरेकाे आराेपमा तीन जना पक्राउ

 असार १७, २०७७ बुधबार १५:५४:१९ | हेमराज शर्मा
unn.prixa.net

 

दाङ – दाङको शान्तिनगर गाउँपालिकाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ काे मासु मार्केटका २९ वर्षीय अर्जुन शाही, शान्तिनगर गाउँपालिका २ सिमसुन्दरपुरका ५१ वर्षीय इन्द्रबहादुर वली र भलानेटीका ३८ वर्षीय रेशमबहादुर विक छन् ।

शान्तिनगर गाउँपालिका २ का वडाध्यक्ष फर्साराम डाँगीलाई कुटपिट गरेको जानकारी पाएलगत्तै गएको प्रहरीले शान्तिनगरका विभिन्न ठाउँबाट उनीहरुलाई गएराति पक्राउ गरेको थियो । 

पक्राउ परेका सबैलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । 

अन्तिम अपडेट: चैत २०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया